newskoseli.Com

आन्दोलनमा ट्याक्सी चालकहरु : सडकमै खाना खाँदै भने– ‘कर तिर्‍यौं, चुलो बालिदेऊ, किस्ता तिरिदेऊ !’

कोरोनाभाइरस महामारीका कारण लामो समयदेखि सार्वजनिक सवारी साधन चल्न नपाउँदा दैनिक कमाएर खाने यातायात मजदुरहरु र सानो लगानीका यातायात व्यवसायी जीविका धान्ने समस्यामा परेका छन् । चैत १० देखि जारी लकडाउन हटाएर असारको सुरुआतसँगै धेरैजसो काम–कारोबार चालु गरिए तापनि ट्याक्सी सहितका सार्वजनिक सवारीका साधनहरुमाथिको प्रतिबन्ध कायमै राखेपछि ट्याक्सी किनेर स्वरोजगार बनेका र साहुको गाडी चलाएर जीवन धान्दै आएका नागरिकहरु जीविकाको संकटमा परेका छन् ।

लगातार तीन महिनाभन्दा लामो समयदेखि जारी लकडाउनका कारण ट्याक्सी चलाउन नपाएकोमा विरोध जनाउँदै मंगलबार बिहानैदेखि ट्याक्सी चालकहरु यातायात व्यवस्था विभाग अगाडि आ–आफ्नो गाडीसहित धर्नामा छन् । बुधबार पनि यो क्रम जारी नै छ । ट्याक्सी चालक र ट्याक्सी धनीहरुले आ–आफ्ना ट्याक्सी विभाग अगाडि खडा गरेर त्यहींको सडकमा नै खाना पकाएर खाए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर