नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या १५,९६४ पुगेको छ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकाका ५४ सहित देशभर थप १८० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएसँगै कूल संक्रमितको संख्या १६ हजार नजिक पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले सोमबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा भक्तपुरका १०, काठमाडौंका २४ र ललिपुरका २० गरी उपत्यकाका ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यसअघि संक्रमण पुष्टि भएर आइसोलेसनमा रहेकामध्ये पछिल्लो २४ घन्टामा थप २६४ जना डिस्चार्ज भएका छन् । यो विवरणसँगै डिस्चार्ज हुनेको संख्या ६,८११ पुगेको छ । पछिल्लो २४ घन्टामा देशभरका विभिन्न २५ प्रयोगशालाबाट ४,७२१ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
भिडियोमा हेर्नोस् प्रवक्ता गौतमको ब्रिफिङ–
https://www.facebook.com/mohpnep/videos/564393650920984/