क्रमशः फैलँदै नेपालका सबै ७७ जिल्लामा फैलिएको कोरोनाभाइरसको संक्रमण फेरि ७३ जिल्लामा सीमित हुन पुगेको छ । मंगलबार नेपालका ४ जिल्ला कोरोनाभाइरसमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मंगलबारको नियमित मेडिया ब्रिफिङमा प्रवक्ता प्रा.डा. जोगेश्वर गौतमले दिएको जानकारीअनुसार संक्रमितको कूल संख्या नै निकै घट्दो क्रममा छ भने तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्ला गरी देशका ४ जिल्ला कोरोनामुक्त भएका छन् ।