नेपालमा कोरोनाभाइरसको महामारी नियन्त्रणउन्मूख भएको तथ्यहरुले देखाएका छन् । पछिल्लो २४ घन्टामा ३,३३१ जनाको पीसीआर परीक्षण गर्दा जम्मा ५७ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म कूल १७,५०२ जनामा संक्रमण पुष्टि भएकोमध्ये ११,६३७ जना डिस्चार्ज भएर घर गैसकेका छन् । यीमध्ये ४० जनाको मृत्यु भएको छ भने ५,८२५ जना विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत छन् ।
संक्रमित, डिस्चार्ज, मृत्यु र नयाँ संक्रमितहरुको वृद्धिदरको यो तथ्यांक हेर्दा नेपालमा कोरोनाभाइरसको महामारी नियन्त्रणउन्मूख स्थितिमा रहेको पुष्टि हुन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले शनिबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा देशभरका विभिन्न २७ वटा प्रयोगशालाबाट ३ हजार ३ सय ३१ जनाको पीसीआर परीक्षण गरिएको छ ।
यतिबेला २३ हजार २ सय ७५ जना क्वारेन्टाइनमा छन । पछिल्लो २४ घन्टामा थप १ सय ३ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले जनाएका छन् ।
भिडियोमा हेर्नोस् प्रवक्ता गौतमको ब्रिफिङ–
https://www.facebook.com/mohpnep/videos/3760306170651831/