कैलालीमा क्वारेन्टाइनबाट भागेका एक व्यक्ति आइतबार मृत फेला परेका छन् ।
साउन १ मा भारतबाट फर्किएर गोदावरी नगरपालिका– ८ स्थित गोलादेवी आधारभूत विद्यालयको क्वारेन्टाएनमा बसेका सोही वडाका ४५ वर्षीया शेरबहादुर आउजी कबुलियत सामुदायिक वनमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिएका छन् ।
उनी आइतबार बिहान मात्रै क्वारेन्टाइनबाट भागेको प्रहरी नायब उपरीक्षक विष्टले बताए । घटनास्थलमा पुगेर प्रहरीले अनुसन्धान गरिरहेको खबर राससले प्रेषित गरेको छ ।