newskoseli.Com

काठमाडौंका ३ सहित थपिए १०० : कूल संक्रमित १८०९४, डिस्चार्ज १२६८४, मृतक ४२ पुगे (भिडियोसहित)

नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या १८ हजार नाघेको छ । बुधबार काठमाडौंका ३ सहित देशभर १०० जनामा संक्रमण पुष्टि भएसँगै कूल संख्या १८,०९४ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बुधबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार यसअघि संक्रमण पुष्टि भएर देशका विभिन्न आइसोलेसनमा उपचाररतमध्ये कूल १२,६८४ जना डिस्चार्ज भएका छन् । कोरोना संक्रमण पुष्टि भएकामध्ये ४२ जनाको मृत्यु भैसकेको छ । यतिबेला ५,३७० जना संक्रमित विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत छन् ।

पछिल्लो २४ घन्टामा काठमाडौंका ३ सहित देशका विभिन्न ठाउँका गरी थप १०० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभरका विभिन्न २८ वटा प्रयोगशालाबाट ३ हजार ७ सय ७९ जनाको पीसीआर परीक्षण गरिएको प्रवक्ता गौतमले बताए । यतिबेलाको संक्रमणदर २ देखि ३ प्रतिशत मात्रै रहेको उनको भनाइ छ ।

प्रवक्ता प्रा.डा. गौतमका अनुसार प्रदेश– १ मा ११९, प्रदेश– २ मा १,८७८, बागमती प्रदेशमा ४२०, गण्डकी प्रदेशमा ३८९, प्रदेश– ५ मा ३४५, कर्णाली प्रदेशमा २९० र सुदूरपश्चिम प्रदेशमा १,९२७ जना संक्रमित आइसोलेसनमा उपचाररत छन् । अहिले २०,८४२ जना देशभरका विभिन्न क्वारेन्टाइनमा छन् ।

कोरोना संक्रमणबाट बुधबार २ जनाको म‌ृत्यु भएको छ । महोत्तरीका ६० वर्षीय पुरुष तथा काठमाडौंस्थित शिक्षण अस्पतालमा चिनियाँ महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

भिडियोमा हेर्नोस् प्रवक्ता गौतमको ब्रिफिङ–

https://www.facebook.com/mohpnep/videos/3050559661718606/

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर