newskoseli.Com

काठमाडौंमै एकैदिन ४८ मा कोरोना : १९०६३ संक्रमित, १३८७५ डिस्चार्ज, ४९ को मृत्यु (भिडियोसहित)

नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या १९,०६३ पुगेको छ । यीमध्ये १३,८७५ जना डिस्चार्ज भएर आ–आफ्नो घर गैसकेका छन् भने ४९ जनाको मृत्यु भएको छ । यतिबेला ५,१३९ जना संक्रमित विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले मंगलबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा भक्तपुरका १, ललितपुरका ४ र काठमाडौंका ४८ गरी उपत्यकामा मात्रै ५३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ३११ जनामा संक्रमण पुष्टि भएको प्रा.डा. गौतमले बताए । उनका अनुसार पछिल्लो २४ घन्टामा १२१ जना आइसोलेसनबाट डिस्चार्ज भएका छन् । पछिल्लो २४ घन्टामा ५,०३२ जनाको पीसीआर परीक्षण भएको र हालसम्म कूल ३ लाख ५३ हजार ३ सय ७ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको प्रवक्ता गौतमको भनाइ छ । यतिबेला १५ हजार ३ सय ३१ जना देशभर विभिन्न स्थानका क्वारेन्टाइनमा छन् ।

लकडाउन हटेसँगै बाहिरबाट उपत्यका छिर्नेहरुको संख्या बढेपछि सरकारले उपत्यका छिर्ने मुख्य नाकाहरुबाट नमूना संकलन गरी कोरोना परीक्षण गर्न थालेको छ । मंगलबार दिउँसो ४ बजेसम्म फर्पिङ नाकाबाट ४५५, थानकोट नाकाबाट २,९१४ र साँगाबाट ९४४ गरी ४,८१३ जनाको नमूना संकलन गरिएको मन्त्रालयले जनाएको छ ।

भिडियोमा हेर्नोस् प्रवक्ता गौतमको ब्रिफिङ–

https://www.facebook.com/mohpnep/videos/281407642949575/

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर