newskoseli.Com

‘मूल्य बढ्दै गयो, कारोबार शून्य भयो’ : सुन व्यवसायीको गुनासो

कोरोनाभाइरस नियन्त्रणका लागि गरिएको लकडाउनसँगै सुनको मूल्य बढ्दै जाँदा कारोबार भने ह्वात्तै घटेको छ । बुधबार सुनको मूल्य १ हजार ६ सय रुपैयाँ बढेर कञ्चनपुरमा १ लाख १ हजार ४ रुपैयाँ पुगेको छ ।

तीज, गौरा, दसैं र तिहारजस्ता चाडपर्व नजिकिँदै जाँदा सुन–चाँदीको कारोबारकै मौसम भए पनि यस पटक भने कारोबार शून्य रहेको कञ्चनपुर सुन–चाँदी व्यवसायी सङ्घका अध्यक्ष उमेश सुनुवारले बताए । ‘यस्तै अवस्थामा मूल्य बढ्दै जाने हो भने सुन–चाँदी व्यवसायीले विकल्प खोज्नुपर्ने अवस्था आउने सम्भावना छ ।’

कञ्चनपुरमा १ सय ६० जना सुन–चाँदी व्यवसायी रहेको बताउँदै त्यहाँ सुन खरिदभन्दा पनि बिक्रीका लागि स्थानीय आइरहेको उनले बताए । ‘लकडाउन सुरु भएसँगै मूल्य बढ्दै जाँदा कारोबार घटेर गएको हो,’ उनले भने– ‘काठमाडौंभन्दा यहाँ सुनको मूल्य १ हजार २ सय रुपैयाँ बढी हुन्छ ।’

यहाँ लामो समयदेखि नेपाली कालीगढले मौलिक गहना बनाउँदै आएका छन् भने भारतीय कालीगढले आधुनिक गरगहना बनाउँदै आएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर