नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या २१,७५० पुगेको छ । यीमध्ये ६५ जनाको मृत्यु भैसकेको छ भने १५,३८९ जना आइसोलेसनबाट डिस्चार्ज भई आ–आफ्नो घर गएका छन् । यतिबेला ६,२९२ जना संक्रमित विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बिहीबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा थप ५ जना कोरोनाभाइरसका संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ८७ जनासहित देशभरबाट ३६० जना संक्रमित थपिएको र २३३ जना आइसोलेसनबाट डिस्चार्ज भएको समेत प्रवक्ता गौतमले जनाएका छन् ।
५ संक्रमितकाे मृत्यु एकै दिन
पछिल्लो २४ घन्टामा सर्लाहीका १ मोरङका २, धनुषाका १ र सप्तरीका १ जना गरी ५ जना कोरोना संक्रमितको मृत्यु भएको प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिएका छन् । बिहीबार मन्त्रालयले जनाएअनुसार काठमाडौंमा ७६, भक्तपुरका १ र ललितपुरमा १० जना गरी राजधानी उपत्यकाभित्र ८७ जना कोरोनाभाइरसका संक्रमितको पुष्टि भएको छ ।
भिडियोमा हेर्नोस् प्रवक्ता गौतमको ब्रिफिङ–
https://www.facebook.com/mohpnep/videos/795466587858962/