newskoseli.Com

२५ साउदेखि १५ दिनसम्म ‘लकडाउन’ भन्दा कडा ‘सटडाउन’ : यातायातमा कडाइ, बढी संक्रमित भेटिने क्षेत्र सिल

राजधानी उपत्यकामा कोरोनाभाइरसको जोखिम बढ्दै गएपछि १५ दिन लामो ‘सटडाउन’ गरिने भएको छ । ‘सटडाउन’ यसअघि लागू गरिएको ‘लकडाउन’ भन्दा पनि कडा हुने बताइएको छ । उपत्यकाका तीनै जिल्लामा आइतबारदेखि मानवीय गतिविधि र आवतजावतमा थप कडाइ गरिने जानकारी भक्तपुरकी प्रमुख जिल्ला अधिकारी (सीडीओ) हुमकला पाण्डेले दिएकी छन् ।

तत्काल लकडाउन गर्ने कुनै योजना नभएको उल्लेख गर्दै कोरोनाभाइरस महामारी फैलिइरहेका बेला उपत्यकामा ‘सटडाउन’ गर्ने निर्णय लिइएको प्रजिअ पाण्डेको भनाइ छ । उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, उद्योग वाणिज्य संघ र सुरक्षा निकायका प्रमुखसहितको शुक्रबार बसेको बैठकले ‘सटडाउन’ का बीच संक्रमण बढी देखिएका क्षेत्रलाई सिल गर्ने समेत निर्णय भएको जानकारी प्रजिअ पाण्डेले दिएकी छन्­ ।

सटडाउनभर कुन–कुन सरकारी कार्यालयले के–कस्ता काम गर्ने र के–कस्ता काम नगर्ने भन्ने विषयमा सम्बन्धित कार्यालयका प्रमुखले नै निर्णय गर्ने विधि निर्धारण गरिएको प्रजिअ पाण्डेको भनाइ छ । सटडाउनभर जिल्ला प्रशासन कार्यलयबाट भने केही विषेश काम बाहेकका अरू सबै सेवा बन्द हुने उनले बताइन् ।

‘सटडाउनभर बजारको अनुगमनलाई तीव्र बनाउनुका साथै मास्क र स्यानिटाइजरको प्रयोग नगर्ने तथा सुरक्षा सावधानी नअपनाउनेलाई कडा कारबाही गर्ने तथा सवारी साधनमा लागू गरिएको जोर–बिजोर प्रणालीलाई कडाईका साथ पालना गराउने निर्णय पनि बैठकले गरेको छ’– उनले भनिन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर