नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या २२,२१४ पुगेको छ । यीमध्ये ७० जनाको मृत्यु भैसकेको छ, १५,८१४ जना डिस्चार्ज भएका छन् र ६,३३० जना विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले शुक्रबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ७,९२६ जनाको पीसीआर परीक्षण गर्दा काठमाडौंमा ९२, ललितपुरमा १० र भक्तपुरमा ४ गरी उपत्यकामा मात्रै १०६ जनासहित देशभर थप ४६४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घन्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ४२५ जना विभिन्न अस्पतालको आइसोलेसनबाट डिस्चार्ज भई आ–आफ्नो घर गएका छन् ।
भिडियोमा हेर्नोस् प्रवक्ता गौतमको ब्रिफिङ–
https://www.facebook.com/mohpnep/videos/1419676331754798/