newskoseli.Com

सांसद केसीमा पनि कोरोनाभाइरस पुष्टि

कोरोनाभाइरसले विभिन्न उच्च ओहोदाका व्यक्तिलाई समेत पछ्याउँदै गइरहेको सन्दर्भमा प्रदेश– ५ की सांसद कृष्णा केसी ‘नमूना’ मा समेत संक्रमण पुष्टि भएको छ ।

राप्ती सोनारी गाउँपालिका– ९, बाँके घर भएकी सांसद केसी स्वयंले शनिबार राति सामाजिक सञ्जाल ‘फेसबुक’ मा ‘स्ट्याटस’ लेख्दै आफूलाई कोरोना संक्रमण पुष्टि भएको उल्लेख गरेकी छन् । आफूसँग सम्पर्कमा आएकाहरुलाई सबैलाई सेल्फ आइसोलेसनमा बसेर पीसीआर परीक्षण गराउन उनले आग्रह गरेकी छन् ।

भेरी अस्पताल नेपालगञ्जमा गरिएको पीसीआर परीक्षणबाट बाँकेका ७ महिलासहित २० जनामा कोरोनाभाइरसको संक्रमण शनिबार पुष्टि भएको हो । सांसद केसी पनि तिनै संक्रमितमध्येकी एक हुन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर