newskoseli.Com

काठमाडौंमा १३४ सहित थप ६३८ मा कोरोना : ८३ को मृत्यु, २३९४८ संक्रमित, १६६६४ डिस्चार्ज (भिडियाेसहित)

नेपालमा कोरोनाभाइरसबाट ज्यान गुमाउनेको संख्या ८३ पुगेको छ । हालसम्म २३,९४८ संक्रमितको पुष्टि भएकामध्ये १६,६६४ जना आइसोलेसनबाट डिस्चार्ज भएका छन् भने ७,२०१ जना आइसोलेसनमा उपचाररत छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले मंगलबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा १० हजार ५ सय ६२ जनाको पीसीआर परीक्षण गर्दा काठमाडौंमा ११०, ललितपुरमा १६ र भक्तपुरमा ८ गरी राजधानी उपत्यकामा १३४ जनासहित देशभरबाट थप ६३८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यसअघि कोरोनाभाइरस पुष्टि भएकामध्ये पछिल्लो २४ घन्टामा १७१ जना आइसोलेसनबाट डिस्चार्ज भएका छन् ।

प्रवक्ता प्रा.डा. गौतमले जनाएअनुसार धनुषा, काभ्रे र सिन्धुपाल्चोकका गरी पछिल्लो २४ घन्टामा कोरोनाभाइरसबाट थप ४ जनाको मृत्यु भएको छ । धनुषाका ६० र ५० वर्षीय पुरुष, काभ्रेकी ५० वर्षीया महिला तथा सिन्धुपाल्चोकका ८४ वर्षीय पुरुषको मृत्यु भएको हो ।

भिडियाेमा हेर्नाेस् प्रवक्ता गाैतमकाे ब्रिफिङ–

https://www.facebook.com/mohpnep/videos/1188715178147712/

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर