सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतको सूचना तथा प्रसारण विभागले प्रेस प्रतिनिधि प्रमाणपत्र (पत्रकार परिचयपत्र) जारी (वितरण) तथा नवीकरण स्थगन गरेको छ । कोभिड– १९ को बढ्दो जोखिमका कारण अर्को सूचना नभएसम्मका लागि पास वितरण र नवीकरण स्थगन गरिएको विभागद्वारा बुधबार प्रकाशित सूचनामा उल्लेख छ ।
‘प्रेस प्रतिनिधि प्रमाणपत्र जारी वा नवीकरण गर्दा सम्बन्धित व्यक्ति नै विभागमा उपस्थित हुनुपर्ने कानुनी व्यवस्था भएको र सो सेवा अनलाइन, भर्चुअल वा विद्युतीय माध्यमबाट प्रवाह गर्न तत्काल सम्भव नभएको हुँदा हाललाई स्थगन गरिएको छ’– विभागद्वारा प्रकाशित सूचनामा भनिएकाे छ ।
श्रमजीवी पत्रकारले प्रेस रजिष्ट्रारसमक्ष दिने उजुरी र सोसम्बन्धी कामलाई भने निरन्तरता नै दिइने विभागले जनाएको छ ।