newskoseli.Com

काठमाडौंका ११९ सहित थप ५९४ मा कोरोना : १०० पुगे मृतक, २५५५१ संक्रमित, १७०७७ डिस्चार्ज (भिडियोसहित)

नेपालमा कोरोनाभाइरस संक्रमणपछि मृत्यु हुनेको संख्या १०० पुगेको छ । हालसम्म संक्रमितको संख्या २५,५५१ पुगेकामा १७,०७७ जना आइसोलेसनबाट डिस्चार्ज भएका छन् भने ८,३७४ जना विभिन्न अस्पतालका र कतिपय घरैमा समेत आइसोलेसनमा रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले शुक्रबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा काठमाडौंका ८३, ललितपुरका ३० र भक्तपुरका ६ गरी ११९ सहित देशभरबाट ५९४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । हालसम्मकै सबैभन्दा बढी अर्थात् ११ हजार ५ सय ७५ जनाको पीसीआर परीक्षण गर्दा उक्ता संख्याका संक्रमित पुष्टि भएका हुन् ।

पछिल्लो २४ घन्टामा विभिन्न आइसोलेसनबाट २४० जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।

भिडियोमा हेर्नोस् प्रवक्ता गौतमको ब्रिफिङ–

https://www.facebook.com/mohpnep/videos/588639415113665/

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर