newskoseli.Com

उपत्यकाभित्र मात्रै १,६९७ मा कोरोना : कहाँ कति ? (तथ्यांकसहित)

राजधानी उपत्यकामा मात्रै कोरोनाभाइरसका संक्रमितको संख्या १ हजार ६ सय ९७ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार शुक्रबारसम्मको तथ्यांकले उपत्यकाका तीन जिल्लाभित्र कोभिड– १९ का संक्रमितको संख्या १७ सय नजिक पुगेको हो ।

शुक्रबार मात्र पनि काठमाडौंमा ८३, ललितपुरमा ३० र भक्तपुरमा ६ गरी उपत्यकामा १ सय १९ संक्रमति थपिएको जानकारी स्वास्थ्य मन्त्रालयको नियमित मेडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएका छन् । हालसम्मको तथ्यांकअनुसार काठमाडौंमा ९ सय ७० पुरुष र ३ सय ९१ महिला गरी १ हजार ३ सय ६१ जना संक्रमित भएका छन् । ललितपुरमा १ सय ४१ पुरुष र ८० महिला गरी २ सय २१ संक्रमित भएका छन् । भक्तपुरमा ६८ पुरुष र ४७ महिला गरी १ सय १५ संक्रमित भएका छन् ।

पछिल्लो २४ घन्टामा देशभरका विभिन्न ३८ वटा प्रयोगशालामा ११ हजार ५ सय ७५ जनाको पीसीआर परीक्षण गर्दा ५ सय ९४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । शुक्रबार २ सय ४० जना आइसोलेसनबाट डिस्चार्ज भएका छन् । पछिल्लो २४ घन्टामा थप ५ जनाको मृत्यु हुँदा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १०० पुगेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर