newskoseli.Com

काठमाडौंका ९८ सहित थप ४६८ मा कोरोना : १०२ को मृत्यु, २६०१९ संक्रमित, १७२०१ डिस्चार्ज (भिडियोसहित)

नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या २६,०१९ पुगेको छ । यीमध्ये १०२ जनाको मृत्यु भैसकेको छ भने १७,२०१ जना आइसोलेसनबाट डिस्चार्ज भएर आ–आफ्नो घर गैसकेका छन् र ८,७०८ जना विभिन्न अस्पताल तथा घरघरमै समेत आइसोलेसनमा छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले शनिबारको नियमित मेडिया ब्रिपिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा ८०, ललितपुरमा ९ र भक्तपुरमा ९ गरी राजधानी उपत्यकाका ९८ जनासहित देशभर थप ४६८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा १२४ जना आइसोलेसनबाट डिस्चार्ज भएको प्रवक्ता गौतमको भनाइ छ । आइसोलेसनमा रहेकामध्ये ९८ जना आईसीयूमा र ४ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

यतिबेला १४ हजार ४ सय ४८ जना देशका विभिन्न भागमा रहेका क्वारेन्टाइनमा छन् । संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुलाई ५ दिनपछि मात्रै कोरोना परीक्षण गर्न मन्त्रालयले आग्रह गरेको छ । पछिल्लो २४ घन्टामा देशभरका विभिन्न प्रयोगशालामा ११ हजार ४ सय ४७ जनाको पीसीआर परीक्षण गरिएको र यो विवरणसँगै नेपालमा पीसीआर परीक्षणको कूल संख्या ५ लाख ५ हजार ६ सय ६० पुगेको मन्त्रालयले जनाएको छ ।

भिडियाेमा हेर्नाेस् प्रवक्ता गाैतमकाे ब्रिफिङ–

https://www.facebook.com/mohpnep/videos/314407973211176/

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर