newskoseli.Com

प्रचण्डको खुलासा : ‘ओलीजीसँग प्याकेज सहमति हुँदैछ’

सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री खड्ग ओलीसँग ‘प्याकेज सहमति’ हुन लागेको बताएका छन् । महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदललाई सोही आधारमा सुझाव प्रस्ताव ल्याउने कार्यादेश दिइएको उनले खुलाए ।

टेलिभिजन कार्यक्रम ‘द ब्राभो डेल्टा सो’ मा अन्तर्वार्ता दिँदै संघीय सरकारको मन्त्रिपरिषद् पुनर्गठन, प्रदेश सरकारको पुनर्गठन, थपघट, ठूला राजनीतिक नियुक्ति, स्थायी कमिटीका एजेन्डामा साझा सहमति हुने अध्यक्ष दाहालले बताएका हुन् । उनका अनुसार अधिकार बाँडफाँट, प्रतिपक्षी दल समेतको साथमा संवैधानिक नियुक्तिलगायतका विषय पनि प्याकेजमा टुंग्याइने छन् ।

‘दुइटा अध्यक्षबीच पनि समझदारी बनाएर टुंगो लगाउने भन्नेमा हामी सबै सहमत छौं । त्यसकारण अब एक–एक व्यक्तिका निम्ति झगडा भएर बस्दैन भन्ने मेरो विश्वास छ’– उनले भने । नेकपामा पौडेल नेतृत्वको कार्यदलले सुझाव प्रस्ताव ल्याएपछि स्थायी कमिटीबाट पारित गर्ने र केन्द्रीय कमिटी हुँदै महाधिवेशनमा जाने तयारी छ ।

‘स्थायी कमिटीबाट प्रस्ताव पारित गर्ने र केन्द्रीय कमिटीबाट महाधिवेशनमा जाने भनेपछि अब पदको कुरा छैन, यो विषय हामो मुख्य हिजो पनि थिएन । मान्छेले बुझ्दा यो हाम्रो बहस पदकै लागि भएको हो कि भन्ने नेगेटिभ अलि बढी गयो, यथार्थ त्यस्तो होइन,’ दाहालले भने– ‘पार्टी एकताको कुरा गर्दा होस् या गठबन्धन गरेर चुनावमा जाँदा– हामी पदको बार्गेनिड गरेर गएका थिएनौं, पदको बार्गेनिड गरेर गएका हुन्थ्यौं भने पार्टी एकता नै हुँदैनथ्यो ।’

सत्ताधारी नेकपाको आन्तरिक किचलोको नयाँ विकासक्रमसम्बन्धीय यो खबर बिहीबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर