newskoseli.Com

काठमाडौंमा २०० सहित थप ७०७ मा कोरोना : १२६ को मृत्यु, २९,६४५ संक्रमित, १७,९६४ डिस्चार्ज (भिडियोसहित)

नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या २९,६४५ पुगेको छ । यीमध्ये १२६ जनाको मृत्यु भैसकेको छ भने १७,९६४ जना आइसोलेसनबाट डिस्चार्ज भएर आ–आफ्नो घर गैसकेका छन् र ११,५५५ जना विभिन्न अस्पताल, आइसोलेसन केन्द्र र आ–आफ्नै घरमा समेत आइसोलेसनमा छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बिहीबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा १७४, ललितपुरमा १८ र भक्तपुरमा ८ गरी राजधानी उपत्यकामा २०० सहित देशभरबाट ७०७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घन्टामा थप ६ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ  भने २४६ जना आइसोलेसनबाट डिस्चार्ज भएका छन् । काठमाडौं, मकवानपुर र सप्तरीका १–१ तथा पर्साका ३ जना गरी ६ जनाको मृत्यु भएको जानकारी प्रवक्ता प्रा.डा. गाैतमले दिएका छन् ।

भिडियोमा हेर्नोस् प्रवक्ता गौतमको ब्रिफिङ–

https://www.facebook.com/mohpnep/videos/632214457402223/

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर