newskoseli.Com

२८ पुगे मृतक, ११ अझै बेपत्ता : लिदी (सिन्धुपाल्चोक) पहिरोको पीडा

अघिल्लो शुक्रबार बिहान जुगल गाउँपालिका– २, लिदी, सिन्धुपाल्चोकको पहिरामा बेपत्ता भएकामध्ये थप ३ जनाको शव बिहीबार भेटिएको छ । यसअघि २५ जनाको शव भेटिएकाले मृतक संख्या २८ पुगेको छ । सो पहिरोमा परेका ११ जना अझै बेपत्ता छन् ।

उक्त पहिरामा ३९ जना बेपत्ता भएका थिए । १ बालक र २ महिलाको शव बिहीबार फेला परेको इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिएका छन् । ५ वर्षीय सानुकान्छा दोङ तथा ४२ वर्षीया जिबिरानी दोङ र १८वर्षीया ललिता दोङको शव फेला परेको हो ।

हालसम्म शव फेला परेकामध्ये १५ पुरूष र १३ महिला छन् । तीमध्ये १४ बालबालिका छन् । पहिरामा हराइरहेकाहरूको खोजीमा नेपाली सेना र नेपाल प्रहरीका ६६ जना तथा स्थानीयवासी जुटेका छन् । एक्स्काभेटर ल्याउन सकिने अवस्था नरहेकाले पिक, साबेल र कोदालाका भरमा खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर