सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका ७ जना अङ्गरक्षकहरुलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
वरिष्ठ नेता नेपालसहित परिवारका सबै जना र सुरक्षामा खटिएका सबै अंगरक्षक (सशस्त्र प्रहरी) हरुको पीसीआर परीक्षण गर्दा ७ अंगरक्षकहरुमा कोरोना पोजिटिभ देखिएको नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिएका छन् । शुक्रबार स्वाब दिइएकोमा शनिबार प्राप्त रिपोर्टअनुसार पूर्वप्रधानमन्त्री नेपालसहित परिवारका सबैको भने नेगेटिभ आएको जानकारी स्वकीय सचिव गौतमले दिएका छन् ।
कोरोना पोजिटिभ देखिएलगत्तै अंगरक्षकहरुलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको समेत गौतमले जनाएका छन् ।