newskoseli.Com

काठमाडौंमा २३२ सहित थप ८५५ मा कोरोना : १६४ को मृत्यु, ३३५३३ संक्रमित, १९११९ डिस्चार्ज (भिडियोसहित)

नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ३३,५३३ पुगेको छ । यीमध्ये १६४ को मृत्यु भइसकेको छ र १९,११९ आइसोलेसनबाट डिस्चार्ज भएर आ–आफ्नो घर गइसकेका छन् भने १४,२५० जना सक्रिय संक्रमित विभिन्न अस्पताल, आइसोलेसन सेन्टर तथा आ–आफ्नै घरमा आइसोलेसनमा रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले मंगलबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा देशभरका विभिन्न प्रयोगशालामा ११,३२७ जनाको पीसीआर परीक्षण गर्दा काठमाडौंमा १९९, ललितपुरमा १९ र भक्तपुरमा १४ गरी राजधानी उपत्यकामा २३२ सहित देशभरबाट ८५५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यीमध्ये २७१ महिला र ५८४ जना पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा ३१३ जना आइसोलेसनबाट डिस्चार्ज भएका छन् । पछिल्लो २४ घन्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको प्राडा गौतमले जनाएका छन् । हालसम्म जम्मा ६ लाख २१ हजार ९ सय १ जनाको पीसीआर परीक्षण भएको र यतिबेला देशभरका विभिन्न क्वारेन्टाइनमा १० हजार ४ सय ५३ जना रहेको समेत मन्त्रालयले जनाएको छ ।

भिडियोमा हेर्नोस् प्रवक्ता गौतमको ब्रिफिङ–

https://www.facebook.com/mohpnep/videos/345349030171003/

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर