newskoseli.Com

काठमाडौंमा ३०१ सहित थप ८८५ मा कोरोना : १७५ को मृत्यु, ३४४१८ संक्रमित, १९५०४ डिस्चार्ज (भिडियोसहित)

नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ३४,४१८ पुगेको छ । यीमध्ये १७५ जनाको मृत्यु भैसकेको छ भने १९,५०४ जना आइसोलेसनबाट डिस्चार्ज भई आ–आफ्नो घर गएका छन् भने १४,७३९ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बुधबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा २३०, ललितपुरमा ४७ र भक्तपुरमा २४ गरी राजधानी उपत्यकामा ३०१ सहित देशभर ८८५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यो विवरणसँगै काठमाडौंमा ३,१८१, ललितपुरमा ५१० र भक्तपुरमा ३२४ जना कूल संक्रमित पुगेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा १३,२५३ जनाको पीसीआर परीक्षण गर्दा २९९ महिला र ५५६ पुरुष गरी ८८५ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घन्टामा थप ११ जना कोरोनाभाइरसका संक्रमितको मृत्यु भएको छ भने ३८५ जना आइसोलेसनबाट डिस्चार्ज भएका छन् । यतिबेला १५१ जना संक्रमित आईसीयूमा र १४ जना भेन्टिलेटरमा उपचाररत छन् ।

भिडियोमा हेर्नोस् प्रवक्ता गौतमको ब्रिफिङ–

https://www.facebook.com/mohpnep/videos/314012633367492/

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर