नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ३६,४५६ पुगेको छ । यीमध्ये १९५ जनाको मृत्यु भैसकेको छ र २०,२४२ जना आइसोलेसनबाट डिस्चार्ज भएर आ–आफ्नो घर गएका छन् भने १६,०१९ जना सक्रिय संक्रमित छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले शुक्रबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा ३५०, ललितपुरमा ११ र भक्तपुरमा ५४ गरी राजधानी उपत्यकामा ४१५ सहित देशभर थप ९२७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १०,२२९ जनाको पीसीआर परीक्षण गर्दा यो संख्याका संक्रमित पुष्टि भएका हुन् । शुक्रबार पुष्टि भएका संक्रमितमध्ये ३३४ महिला र ५९३ जना पुरुष रहेका छन् ।
यतिबेला कायम सक्रिय संक्रमितमध्ये ९,५७३ जना संस्थागत आइसोलेसनमा र ६,४४६ जना होम आइसोलेसनमा रहेको प्राडा गौतमले जनाएका छन् । पछिल्लो २४ घन्टामा १६९ जना आइसोलेसनबाट डिस्चार्ज भएर आ–आफ्नो घर गएका छन् ।
भिडियोमा हेर्नोस् प्रवक्ता गौतमको ब्रिफिङ–
https://www.facebook.com/mohpnep/videos/1027639570985724/