newskoseli.Com

काठमाडौंमा १८६ सहित थप ८८४ मा कोरोना : २०७ को मृत्यु, ३७३४० पुगे संक्रमित, २०५५५ डिस्चार्ज (भिडियोसहित)

नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ३७,३४० पुगेको छ । यीमध्ये २०७ जनाको मृत्यु भैसकेको छ भने २०,५५५ जना आइसोलेसनबाट डिस्चार्ज भएर आ–आफ्नो घर गैसकेका छन् र १६,५७८ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । संक्रिय संक्रमितमध्ये १०,१४५ जना संस्थागत आइसोलेसनमा उपचाररत छन् भने ६,४४५ होम आइसोलेसन रहेको प्रवक्ता गौतमले बताएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले शनिबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा काठमाडौंका १५५, ललितपुरका १९ र भक्तपुरका १२ गरी राजधानी उपत्यकामा १८६ सहित देशभरबाट थप ८८४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ११,५१६ जनाको पीसीआर परीक्षण गर्दा २४२ महिला र ६५२ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यसैबीच, नेपालमा कोरोनाभाइरसको संक्रमणपछि मृत्यु हुनेको संख्या २०० नाघेको छ । शनिबार थप १२ जनाको मृत्यु भएसँगै मृतकको संख्या २०७ पुगेको छ । पछिल्लो २४ घन्टामा ३ महिला र ९ पुरुषको मृत्यु भएको हो । पाल्पा, काठमाडौं र भक्तपुरका १–१ महिला तथा पर्सा र ललितपुरका २–२, सिरहा, गोरखा, कास्की, काठमाडौं र भक्तपुरका १–१ पुरुषको मृत्यु भएको उनले प्रवक्ता गौतमले बताएका छन् ।

भिडियोमा हेर्नोस् प्रा.डा. गौतमको ब्रिफिङ–

https://www.facebook.com/mohpnep/videos/3279693605449611/

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर