newskoseli.Com

काठमाडौंमा २९८ सहित थप ८९९ मा कोरोना : २२८ को मृत्यु, ३९४६० पुगे संक्रमित, २१४१० डिस्चार्ज (भिडियोसहित)

नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ३९,४६० पुगेको छ । यीमध्ये २२८ जनाको मृत्यु भैसकेको छ भने २१,४१० जना आइसोलेसनबाट डिस्चार्ज भएर घर फर्किएका छन् र १७,८२२ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले सोमबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ११,१२९ जनाको पीसीआर परीक्षण गर्दा काठमाडौंमा १९०, ललितपुरमा ६७ र भक्तपुरमा ४१ गरी राजधानी उपत्यकामा २९८ सहित देशभर थप ८९९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यीमध्ये ३०३ महिला र ५९६ पुरुष रहेको उनले बताए ।

सक्रिय संक्रमितमध्ये १०,७०१ संस्थागत आइसोलेसनम ७,१२१ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा ४ वर्षीया बालिकासहित थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । ती बालिकासहित ३ महिला र ४ पुरुषको मृत्यु भएको हो । महोत्तरीमा ४ वर्षीया बालिका तथा गोरखामा ६५ वर्षीया र रुपन्देहीमा ६८ वर्षीया संक्रमित महिलाको मृत्यु भएको छ भने झापामा ८६ वर्षीय, रौतहटमा ४० वर्षीय, चितवनमा ७८ वर्षीय र भक्तपुरमा ७७ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

भिडियोमा हेर्नोस् प्रवक्ता गौतमको ब्रिफिङ–

https://www.facebook.com/mohpnep/videos/326014082179064/

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर