newskoseli.Com

काठमाडौंमा ४८१ सहित थप १०६९ मा कोरोना : २३९ को मृत्यु, ४०५२९ संक्रमित, २२१७८ डिस्चार्ज (भिडियोसहित)

नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ४०,६२९ पुगेको छ । यीमध्ये २३९ जनाको मृत्यु भैसकेको छ भने २२,१७८ जना आइसोलेसनबाट डिस्चार्ज भएर घर गएका छन् र १८,११२ जना सक्रिय संक्रमित आइसोलेसनमा छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले मंगलबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० गरी राजधानी उपत्यकामा ४८१ सहित देशभर थप १०६९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १२,०८८ जनाको पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएका यीमध्ये ३४४ महिला र ७२५ पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा ७६८ जना आइसोलेसनबाट डिस्चार्ज भएर आ–आफ्नो घर गएका छन् भने थप ११ जना संक्रमितको मृत्यु भएको छ । महोत्तरीमा ४ वर्षीया बालिकासहित २ जना, पर्सामा ३ जना र काठमाडौंका २ जना तथा सिरहा, बारा, चितवन र मकवानपुरमा १–१ जनाको मृत्यु भएको प्रवक्ता गौतमले बताएका छन् ।

भिडियोमा हेर्नोस् प्रवक्ता गौतमको ब्रिफिङ–

https://www.facebook.com/mohpnep/videos/794339527985557/

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर