newskoseli.Com

राजधानीमा ३५४ सहित थप ९८० मा कोरोना : २८९ को मृत्यु, ४६२५७ संक्रमित, २८९४१ डिस्चार्ज (भिडियोसहित)

नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ४६,२५७ पुगेको छ । यीमध्ये २८९ जनाको निधन भैसकेको छ भने २८,९४१ जना आइसोलेसनबाट डिस्चार्ज भएर घर गैसकेका छन् र १७,०२७ जना सक्रिय संक्रमित आइसोलेसनमा छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आइतबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा २९० तथा ललितपुर र भक्तपुरमा ३२–३२ गरी राजधानी उपत्यकामा ३५४ सहित देशभर थप ९८० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १०,३८२ जनाको पीसीआर परीक्षण गर्दा ९८० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा १,८१४ जना आइसोलेसनबाट डिस्चार्ज भई आ–आफ्नो घर गएका छन् भने २ महिला र ७ पुरुष गरी थप ९ जना कोरोना संक्रमितको निधन भएको छ । काठमाडौंमा ७४, ६८ र ८५ वर्षीय पुरुष ३ तथा मोरङमा ४५, पर्सामा ७७, धनुषामा ३५ र चितवनमा ७० वर्षीय गरी ७ पुरुषको मृत्यु भएको भने मोरङमा ६४ र झापामा ४५ वर्षीया महिलाको मृत्यु भएको प्रवक्ता गौतमले बताए ।

सक्रिय संक्रमितमध्ये ९,२०१ जना संस्थागत आइसोलेसनमा र ७,८२६ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

भिडियोमा हेर्नोस् प्रवक्ता गौतमको ब्रिफिङ–

https://www.facebook.com/mohpnep/videos/1977269552405132/

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर