नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ४५,१५१ पुगेको छ । यीमध्ये ३४५ को मृत्यु भइसकेको छ भने ३८,६९७ जना आइसोलेसनबाट डिस्चार्ज भएर घर फर्किएका छन् र १५,१०९ जना संक्रमित आइसोलेसनमा रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आइतबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा ४८३, ललितपुरमा ३३ र भक्तपुरमा ८१ गरी राजधानी उपत्यकामा ५९७ सहित देशभर थप १,०३९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ९,१८५ जनाको पीसीआर परीक्षण गर्दा १,०३९ जनामा संक्रमण पुष्टि भएको प्रवक्ता गौतमको भनाइ छ ।
पछिल्लो २४ घन्टामा देशभरका विभिन्न आइसोलेसनबाट १,१७३ जना डिस्चार्ज भएका छन् भने पछिल्लो ४८ घन्टामा थप २३ र २४ घन्टामा ९ जना कोरोनाभाइरसका संक्रमितको मृत्यु भएको छ । यतिबेला कायम सक्रिय संक्रमितमध्ये ७,७३० जना संस्थागत आइसोलेसनमा र ७,३८७ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
भिडियोमा हेर्नोस् ब्रिफिङको पूर्ण विववरण–
https://www.facebook.com/mohpnep/videos/643313339895266/