newskoseli.Com

विदेशबाट फर्किए ७६ हजार ९ सय ६७ नेपाली (कहाँबाट कति ? विवरणससहित)

कोभिड– १९ को विश्वव्यापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिले विदेशमा अप्ठ्यारोमा परेका ७६ हजार ९ सय ६७ नेपाली स्वदेश आएका छन् । कोभिड– १९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) का अनुसार बिहीबारसम्म जहाजमार्फत ३२ मुलुकबाट उक्त संख्यामा नागरिक स्वदेश फर्केका हुन् ।

मुलुक फर्कनेमा सबैभन्दा बढी संयुक्त अरब इमिरेट्सबाट २२ हजार २ सय १४ छन् भने सबैभन्दा कम श्रीलङ्काबाट ५ जना छन् । उनीहरु अधिकांश रोजगारीका लागि गएका हुन । केन्द्रका अनुसार हालसम्म कतारबाट १० हजार ३ सय ६, कुवेतबाट ८ हजार ३ सय ३५, मलेसियाबाट ११ हजार ३ सय ५२, साउदी अरेबियाबाट ११ हजार ८ सय १९, दक्षिण कोरियाबाट १ हजार ४ सय ४७, बहराइनबाट १ हजार २ सय ७४, ओमनबाट १ हजार १ सय ५०, अस्ट्रेलियाबाट १ हजार ९१ र टर्कीबाट ९ सय ३६ जना फर्किएका छन् ।

स्वदेश फर्कनेमा प्रदेश– १ का १४ हजार ५ सय ४६, प्रदेश– २ का ११ हजार ९ सय ९, बाग्मती प्रदेशका १८ हजार २ सय ४७, गण्डकी प्रदेशका ८ हजार ९ सय ७३, प्रदेश– ५ का ११ हजार ४ सय ५०, कर्णाली प्रदेशका १ हजार ५ सय १८ र सुदूरपश्चिम प्रदेशका १ हजार ७ सय ३७ रहेको केन्द्रले जनाएको छ । फर्कनेमध्ये ८ हजार ४ सय ९७ जनाको भने प्रदेश विवरण प्राप्त नभएको जनाइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर