newskoseli.Com

राजधानीमा ९४३ सहित थप १९११ मा कोरोना : ५०९ को मृत्यु, ७९७२८ संक्रमित, ५७३८९ डिस्चार्ज (भिडियोसहित)

नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ७९,७२८ पुगेको छ । यीमध्ये ५०९ जनाको मृत्यु भैसकेको छ भने ५७,३८९ जना आइसोलेसनबाट डिस्चार्ज भएका छन् र २१,८३० जना सक्रिय संक्रमित आइसोलेसनमा छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बिहीबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा काठमाडौंका ८१७, भक्तपुरका ५८ र ललितपुरका ६८ मा गरी राजधानी उपत्यकामा ९४३ सहित देशभर थप १,९११ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १२,४४४ जनाको पीसीआर परीक्षण गर्दा यो संख्यामा संक्रमितको पुष्टि भएको हो ।

सक्रिय संक्रमितमध्ये १०,७६१ संस्थागत आइसोलेसनमा र ११,०६९ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा देशभरका विभिन्न आइसोलेसनबाट ९६१ जना डिस्चार्ज भएका छन् । यतिबेला २२० जना संक्रमित आईसीयूमा र २५ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् । पछिल्लो २४ घन्टामा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

भिडियोमा हेर्नोस् प्रवक्ताको ब्रिफिङ–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर