newskoseli.Com

४ सल्लाहकारसहित बालुवाटारभित्रै ७६ मा कोरोना : प्रधानमन्त्रीका सबै भेटघाट बन्द

प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओलीको सरकारी निवास बालुवाटारमा कार्यरत ७२ जना र सचिवालयका ४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि सबै भेटघाट बन्द गरिएको छ । शुक्रबार गरिएको स्वाब संकलनपछि उनीहरुमा कोरोना पुष्टि भएपछि प्रधानमन्त्रीले सबै भेटघाट बन्द गरेको बालुवाटार स्रोतले जानकारी दियो ।

प्रधानमन्त्रीका प्रमुख राजीतिक सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलगायतमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै, बालुवाटारमा कार्यरत नेपाली सेनाका २८, सशस्त्र प्रहरीका १८, जनपद प्रहरीका २१ र राष्ट्रिय अनुसन्धानका ३ गरी कूल ७१ सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको हो ।

सुरक्षाकर्मीलाई कोरोना पुष्टि भएपछि बालुवाटारमा नयाँ टिम खटाउन लागेको सुरक्षा निकायले जानकारी दिएका छन् । बालुवाटारमा कार्यरत अझै ४५ जनाको पीसीआर रिपोर्ट आउन बाँकी रहेको बताइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर