newskoseli.Com

राजधानीमा १५३१ सहित थप २४४० मा कोरोना : ५५४ को मृत्यु, ८९२६३ संक्रमित, ६५२०२ डिस्चार्ज (तथ्यांक र भिडियोसहित)

नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ८९,२६३ पुगेको छ । यीमध्ये ५५४ जनाको मृत्यु भैसकेको छ भने ६५,२०२ जना आइसोलेसनबाट डिस्चार्ज भएका छन् र २३,५०७ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले सोमबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा १,१७८, भक्तपुरमा १०३ र ललितपुरमा २५० गरी राजधानी उपत्यकामा १,५३१ सहित देशभर थप २,४४० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा १३,७८१ जनाको पीसीआर परीक्षण गर्दा ९३७ महिला र १,५०३ पुरुष गरी २,४४० जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घन्टामा १,१३३ जना आइसोलेसनबाट डिस्चार्ज भएका छन् भने थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतकमध्ये १२ जना राजधानी उपत्यकाकै रहेका छन् । सक्रिय संक्रमितमध्ये १२,३१६ जना होम आइसोलेसनमा र ११,१९१ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

भिडियोमा हेर्नोस् प्रवक्ताको ब्रिफिङ–

तालिकामा हेर्नोस् कोरोना अपडेटको विवरण–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर