नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या १,३६,०३६ पुगेको छ । यीमध्ये ७५७ जनाको मृत्यु भैसकेको छ भने ९४,५०१ जना आइसोलेसनबाट डिस्चार्ज भएका छन् र ४०,९६० जना सक्रिय संक्रमित आइसोलेसनमा छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले सोमबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा काठमाडौंका २,००८, ललितपुरका २८२ र भक्तपुरका ९९ गरी राजधानी उपत्यकामा २,३८८ सहित देशभर थप ३,७९० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा १५,७१४ जनाको पीसीआर परीक्षण गर्दा १,३७६ महिला र २,४१४ पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घन्टामा २,३३५ जना आइसोलेसनबाट डिस्चार्ज भएका छन् भने थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभरका सक्रिय संक्रमितमध्ये २६,९२७ जना होम आइसोलेसनमा र १४,०३३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यीमध्ये २८२ जना आईसीयूमा र ६३ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।