newskoseli.Com

‘मिडियाले अनुसन्धान प्रभावित नपारोस्’ : काउन्सिल

हत्या, अपहरणजस्ता सार्वजनिक अपराधसँग जोडिएका विषयमा अनुसन्धान नै प्रभावित पार्ने गरी सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा समाचार सम्प्रेषण नगर्न प्रेस काउन्सिल नेपालले अपिल गरेको छ ।

काउन्सिलका सूचना अधिकारी रामशरण बोहराद्वारा हस्ताक्षरित अपिलमा सार्वजनिक अपराधसँग सम्बन्धित व्यक्ति, साक्षी र पीडितको हकमा अनुसन्धान तहकिकात हुनुपूर्व नै साक्षी, पीडित र प्रमाण समेतको सुरक्षामा पर्याप्त ध्यान नदिई विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरूमा समाचार सम्प्रेषण हुँदा पीडित एवं साक्षीहरू असुरक्षित हुने र सत्यतथ्य छानबिनलगायत समग्र न्यायिक प्रक्रियामा असर पर्न जाने उल्लेख छ ।

यस्ता समाचार सम्प्रेषण गर्दा पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) को दफा ४(९) र ५(४) उल्लङ्घन हुने हुँदा संवेदनशील हुन काउन्सिलले आग्रह गरेको छ ।

अपराधजन्य घटनासँग जोडिएका व्यक्ति, साक्षी र पीडितको हकमा अनुसन्धानपूर्व नै सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूबाट नाम सार्वजनिक नगर्न÷नगराउन आमसञ्चार माध्यम, पत्रकार र सामाजिक सञ्जाल प्रयोगकर्तालाई अपिल गरिएको छ ।

कतिपय मिडियाले साक्षी, पीडित र प्रमाणको सुरक्षामा ध्यान नदिई समाचार सम्प्रेषण गर्दा पीडित र साक्षीले असुरक्षित महशुस गरेको तथा घटनासँग जोडिएका पीडित र साक्षीको नाम अनुसन्धान हुनुपूर्व नै सामाजिक सञ्जाल र सञ्चार माध्यममा सार्वजनिक हुँदा गोपनीयता र शान्ति सुरक्षामा गम्भीर असर परेकाले हत्या, अपराधजस्ता घटनाका विषयमा आएका समाचार सामग्रीमा ध्यानाकर्षण भएको जनाइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर