newskoseli.Com

ओलीसहितकाे सहमतिसाथ शुक्रबार ४ बजे नेकपाको सचिवालय बैठक

फाइल तस्बिर

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बहुप्रचारित सचिवालय बैठक शुक्रबार दिउँसो ४ बजे बस्ने भएको छ ।

यसअघि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ गरी सचिवालयका पाँच सदस्यले तत्काल बैठक बस्न अर्का अध्यक्ष खड्ग ओलीसँग निरन्तर सहमति मागे तापनि बैठकमा सहभागी हुन ओलीले मानिरहेका थिएनन् । शुक्रबार दिउँसो भने ओलीसहितको सहमतिमा बैठक बस्ने गरी महासचिव विष्णुप्रसाद पौडेलले सचिवालय सदस्यहरुलाई जानकारी दिएका छन् ।

प्रचण्डसहितका नेताहरुले बिहीबार बैठक बस्न प्रस्ताव गरे तापनि अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले महासचिव पौडेललाई दिएको जिम्मेवारीअनुसार महासचिवले शुक्रबारको मिति तय गरेका हुन् । बैठक बालुवाटार वा धुम्बाराही कहाँ बस्ने भन्नेबारे अझै केही बताइएकाे छैन ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर