newskoseli.Com

कोरोनाबाट काठमाडौंमै २ वरिष्ठ चिकित्सकको मृत्यु

कोरोनाभाइरसको संक्रमणका कारण फेरि दुई जना वरिष्ठ चिकित्सकको मृत्यु भएको छ । कोरोना संक्रमण भएर वरिष्ठ मुटुरोग विशेषज्ञ डा. सुनिल झा र नारायणबहादुर थापाको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

डा. झा चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक हुन् भने डा. थापा नेपाल बर्न सोसाइटी तथा इशान हस्पिटलका अध्यक्ष हुन् । डा. झाको सोमबार बिहान र डा. थापाको आइतबार राति निधन भएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जनाएका छन् ।

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर