newskoseli.Com

ओलीलाई हटाइदियो नेकपाले, माधव नेपाल बने नयाँ अध्यक्ष !

प्रधानमन्त्री ओलीको फाइल तस्बिर

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सो पार्टीका अध्यक्ष खड्गप्रसाद ओलीलाई पदबाट हटाइदिएको छ । उक्त पार्टीको मंगलबार बबरमहलस्थित कार्की पार्टी प्यालेसमा चलिरहेको केन्द्रीय कमिटीको बैठकले ओलीलाई पदच्युत गरेको हो ।

बैठकभित्रै रहेका केन्द्रीय सदस्य युवराज चौलागाईंले न्युजकोसेलीलाई भर्खरै दिएको जानकारीअनुसार पार्टी विधानको धारा १८ (क) र ५६ (क) को १, २, ३ र ५ वमोजिम अध्यक्ष प्रचण्डका तर्फबाट नेता भीम रावलले अध्यक्ष ओलीलाई अध्यक्षको पदबाट हटाउन राखेको प्रस्ता सर्वसम्मतिले पारित गरेको छ ।

त्यसपछि खालि हुन आएको अध्यक्ष पदमा माधवकुमार नेपाललाई चयन गर्नका लागि स्थायी कमिटीका तर्फबाट वरिष्ठ नेता झलनाथ खनालले प्रस्तुत गरेको प्रस्ताव एकमतले पारित भएको जानकारी समेत नेता चौलागाईंले दिएका छन् ।

प्रवक्ता नारायणकाजी श्रेष्ठकाे ब्रिफिङ हेर्नाेस् भिडियाेमा–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर