newskoseli.Com

ओली पक्षका २० भन्दा बढी ‘केन्द्रीय सदस्य’ द्वारा पद अस्वीकार (नामावलीसहित)*

सत्ताधारी नेकपालाई औपचारिक विभाजनमा पुर्‍याउने गरी प्रधानमन्त्री खड्ग ओली पक्षले मंगलबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आयोजना गरेको ‘केन्द्रीय समितिको बैठक’ बाट थपिएका भनिएका २० भन्दा बढी नेताले ‘केन्द्रीय सदस्य’ को पद अस्वीकार गरेका छन् । आफ्ना केन्द्रीय सदस्य भएको दावी गर्दै ओली पक्षले मंगलबारै निर्वाचन आयोगमा समेत बुझाइसकेको सूचीमा समाविष्ट ती नेताहरूले आ–आफ्नो नाम फिर्ता लिएका हुन् ।

उनीहरूले आफूहरू ओली पक्षमा नभई प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपामा रहेको स्पष्ट पारेका छन् । आफूहरूसँग कुनै सरसल्लाह नै नगरी र जानकारी नै नदिई थपिएका भनिएका केन्द्रीय सदस्यका रुपमा आफ्नो नाम समावेश गरेकामा उनीहरुले आपत्ति जनाएका छन् ।

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता हुँदा ४४१ केन्द्रीय सदस्य थिए । पछि अरु विभिन्न पार्टीबाट नेकपा प्रवेश गरेका ४ जनालाई थपेर ४४५ सदस्यीय केन्द्रीय समिति कायम भएको थियो । तीमध्ये ३ जनाको निधन भयो र ५ जना विभिन्न संवैधानिक पद (अग्निप्रसाद सापकोटा– सभामुख, धर्मनाथ यादव र तिलक परियार– प्रदेश प्रमुख, समिम मियाँ अन्सारी– मुस्लिम आयोग, विष्णु चौधरी– थारु आयोग, महेन्द्रबहादुर पाण्डे, डा. वंशीधर मिश्र र डा. युवराज खतिवडा– राजदूत) मा गए । यसरी ४४५ बाट ८ जना घट्दा ४३७ जनाको केन्द्रीय समिति कायम थियो । र, निर्वाचन आयोगमा समेत यही विवरण अपडेटेड थियो ।

कूल ४३७ केन्द्रीय सदस्यमध्ये मंगलबार बालुवाटारमा ओलीले बोलाएको बैठकमा ११३ जना मात्र उपस्थित भएको बताइएको छ । यसो हुँदाहुँदै पनि आफू पक्षको बहुमत देखाउन ओली पक्षले केन्द्रीय समिति विस्तार गरी ११९९ सदस्यीय बनाइएको दावी गरेको छ । त्यही क्रममा थपिएका भनिएकाहरूमध्येका दर्जनाैंले आपत्ति जनाउँदै ‘केन्द्रीय सदस्य’ को ‘पद’ बुधबार अस्वीकार गरेका हुन् ।

यी हुन् ओली पक्षको ‘केन्द्रीय सदस्य’ अस्वीकार गर्ने नेताहरू–

१. डम्बरध्वज तुम्बाहाम्फे– संविधानसभा सदस्य एवं ताप्लेजुङ जिल्ला कमिटी सचिवालय सदस्य
२. गोपाल बुढाथोकी– झापा
३. जसमाया गजमेर– प्रदेश– १ सामाजिक विकास राज्यमन्त्री
४. ज्ञानेन्द्र श्रेष्ठ– कटारी नगरपालिका प्रमुख, उदयपुर
५. सुन्दर वि.क.– बारा जिल्ला सचिव
६. कमलेश झा– प्रदेश– २ सदस्य
७. भगवती भण्डारी– लुम्बिनी प्रदेश सदस्य
८. वृहस्पति अधिकारी– नवलपरासी
९. जागेश्वरीदेवी चौधरी– तिलोत्तमा नगरपालिका उपप्रमुख
१०. अमरबहादुर डाँगी– प्रदेशसभा सदस्य
११. टीकाराम खडका– जिल्ला कमिटी अध्यक्ष, दाङ
१२. नेत्र पन्थी– रुपन्देही
१३. नन्दकिशाेर ढकाल– रुपन्देही
१४. देवी बस्याल– पाल्पा
१५. अशोक शाही
१६. कमल श्रेष्ठ– पाल्पा
१७. यज्ञ बाेगटी– अछाम
१८. कल्याणी चौधरी– प्रदेश सदस्य, बारा
१९. भैरे कामी– अछाम
२०. राम दंगाल– जिल्ला कमिटीसचिव, खोटाङ
२१. गगन विष्ट– गुल्मी

*शीर्षक परिमार्जन गरिएकाे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर