newskoseli.Com

सिद्धेश्वर टोल सुधार समितिको साधरणसभा सम्पन्न

सिद्धेश्वर टोल सुधार समिति बालाजु हाइटको २३औ साधारणसभा ठाकुरराज पाण्डेलाई अध्यक्ष चयन गर्दै सम्पन्न भएको छ ।
गत शनिबार समितिका निवर्तमान अध्यक्ष सनतकुमार श्रेष्ठको अध्यक्षतामा वार्षिक साधरणसाभा सम्पन्न भएको हो ।

सिद्धेश्वर ‘महादेव’ मन्दिरको भजनघरमा भएको सो साधरणसभामा पूर्वअध्यक्षदेखि वर्तमान अध्यक्षसम्मले टोल विकासको लागि गरेकाा योगदानहरूबारे चर्चा गरियो । साधरणसभाले पूर्वअध्यक्ष मोतिबहादुर कुँवरको अध्यक्षतामा तीन सदस्यीय अध्यक्षमण्डल गठन गरी सोही समितिले पाण्डेको अध्यक्षतामा ११ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिका नवनिर्वाचित उपाध्यक्षमा महेश शर्मा नेपाल, सचिवमा उपेन्द्र श्रेष्ठ, कोषाध्यक्षमा मिना पाण्डे, सहसचिवमा प्रमोदराज पाण्डे तथा सदस्यहरुमा इन्दिरा पौडेल, राजन श्रेष्ठ, सुवास नगरकोटी, पुष्कर नगरकोटी, विमला सिंखडा र डिलबहादुर थापा चयन भएका छन् । नवनिर्वाचित कार्यसमितिलाई टोलका सदस्यहरुले बधाई तथा शुभकामना दिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर