newskoseli.Com

मन्त्री बने प्रचण्ड छाडेका पूर्वमाओवादी नेताहरू (थपिएका मन्त्रीको नामावली)

सत्ताधारी नेकपामा आएको विभाजनसँगै प्रचण्डको साथ छाडेर खड्ग ओलीतिर लागेका केन्द्रीयस्तरका सबै पूर्वमाओवादीहरू मन्त्री बनेका छन् । संसद् ‘विघटन’ गर्ने ओलीको ५ पुसको कदमसँगै सोही दिन राजीनामा दिएका प्रचण्ड–माधव नेपाल पक्षधर मन्त्रीहरूको रिक्त स्थानमा शुक्रबार नयाँ मन्त्री नियुक्त भएका हुन् ।

प्रभु साह सहरी विकासमन्त्री, मणि थापा खानेपानीमन्त्री, दावा लामा युवा तथा खेलकुदमन्त्री, गौरीशंकर चौधरी श्रममन्त्री, प्रेम आले वनमन्त्री, गणेश ठगुन्ना सामान्य प्रशासनमन्त्री, टोपबहादुर रायमाझी ऊर्जामन्त्री र जुलीकुमारी महतो महिला, बालबालिका तथा समाजकल्याणमन्त्री बनेका छन् । विमला विश्वकर्मा भने उद्योग राज्यमन्त्री बनेकी छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनाइएको छ भने हृदयेश त्रिपाठी स्वास्थ्यमन्त्री बनेका छन् । यसअघि त्रिपाठीले सम्हाल्दै आएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भने शुक्रबार मन्त्री बनेका गणेश ठगुन्नाले पाएका छन् ।

त्यसैगरी, कानुनमन्त्री शिवमाया तुम्बाहाम्फे भूमि व्यवस्था मन्त्री बनेकी छन् भने यसअघिकी भूमि व्यवस्थामन्त्री पद्‍मा अर्याल कृषि तथा पशुपक्षी विकासमन्त्री बनेकी छन् । यसअघिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठ कानुनमन्त्री बनेका छन् । यसअघि सहरी विकासमन्त्री रहेका कृष्णगोपाल श्रेष्ठ शिक्षामन्त्री बनेका छन् ।

युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगड भने हटाइएका छन् । नवनियुक्त मन्त्रीहरूको शुक्रबार साँझ ७ बजे सपथ भैसकेको छ ।

प्रचण्ड–नेपालहरूचाहिँ ओर्लिए सडकमा (हेर्नाेस् भिडियाे)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर