newskoseli.Com

अमेरिकी संसदभित्रै ट्रम्प समर्थकको आक्रमण : ५ को मृत्यु

अमेरिकी संसद भवनभित्र प्रवेश गरी ट्रम्प समर्थकहरूले बुधबार गरेको आक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । उक्त घटनामा घाइते भएका एक प्रहरीको बिहीबार राति अबेर मृत्यु भएसँगै मृतक संख्या ५ पुगेको हो ।

हालैको चुनावबाट पराजित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार गरेको उक्साहटपूर्ण भाषणपछि आक्रोशित बनेका समर्थकहरुले अमेरिकी संसदभित्र प्रवेश गरेर व्यापक तोडफोड गरेका थिए । त्यसपछि भएको प्रहरी कारबाहीमा प्रदर्शनकारीतर्फका एक महिलासहित चार जनाको मृत्यु भएको थियो ।

प्रहरीका अनुसार एक जना संसद भवनभित्र र अरु तीन जनाको भने संसदभवन भन्दा बाहिर मृत्यु भएको थियो । क्यापिटोल प्रहरीले वक्तव्य प्रकाशित गरी प्रहरी अधिकृत ब्रायन सिकनिकको बिहीबार राति मृत्यु भएको जनाएको छ । भीड नियन्त्रणमा खटिएका बेला घाइते भएका ब्रायनलाई तत्कालै अस्पताल भर्ना गरिए पनि बचाउन नसकिएको भन्दै क्यापिटोल प्रहरीले दुःख व्यक्त गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर