newskoseli.Com

ओली समूहको दवाबमा अदालत र आयोग बन्दी : युवानेता महर

नेकपाको ओली समूहले अदालत र निर्वाचन आयोगलाई धम्क्याइरहेको नेपाली कांग्रेसका युवानेता नैनसिंह महरले आरोप लगाएका छन् । राजनीतिक–संगठनात्मकरूपमा विभाजित भैसके तापनि आधिकारिकरुपमा अझै विभाजन भइनसकेका नेकपाका दुवै समुहको चेपुवा र मुख्यतः सत्ता हातमा लिएको पक्षको दवाबकै कारण न्यायिक प्रक्रियामा पनि ढिलाइ भइरहेको महरको आशंका छ ।

नेपाली कांग्रेसको देशव्यापी प्रदर्शन तथा बझाङका तरुण नेता अमृतबहादुर सिंह ‘लखन’ को हत्याको विरोधमा बझाङको पाथीभरामा आयोजित विरोधसभामा बोल्दै अदालतले निर्णय प्रक्रियामा गरेको ढिलाइका कारण राजनीतिक संकट दिनप्रतिदिन गहिरिँदै गएको युवानेता महरले बताए । ‘सर्वोच्च अदालतलाई राजनीतिक दवाबमा राख्ने काम भएको छ,’ नेविसंघका पूर्वअध्यक्ष महरले भने– ‘अदालतले निर्णय दिन गरिरहेको ढिलाइले मुलुकमा ध्रुवीकरणसँगै संकट थपिँदै गएको छ ।’

मुलुकलाई थप संकटबाट जोगाउने जिम्मेवारी अदालतमा रहेको महरले बताए । ‘अदालतले फैसला गर्न जति दिन बढी समय लिन्छ, त्यति नै समस्या बढ्दै जाने देखिन्छ,’ महरले भने– अदालतको निर्णयमा कुनै पनि खाले दबाव देखिनु हुँदैन ।’ सरकारबाटै लोकतान्त्रिक मूल्य–मान्यता र संविधानमाथि गम्भीर चुनौती देखिएको जिकिर गर्दै सरकार संविधानभन्दा माथि जान खोजेको आरोप उनले लगाए ।

असंवैधानिक रुपमा गरिएको प्रतिनिधिसभा ‘विघटन’ संविधानमाथि गरिँदै आएको उल्लंघनको निरन्तरता मात्र भएको उनले बताए । कांग्रेस कार्यकर्ता हत्याको विरोधमा नेता बोल्दै सरकार आफैं अपराधीको नाइकेजस्तै देखिएको आरोप महरले लगाए । ‘सत्तारुढ दलकै जिम्मेवार मान्छेको संलग्नतामा कांगेस कार्यकर्ताको हत्या भएको छ,’ महरले प्रश्न गरे– ‘कानुनी राज्यमाथिको योभन्दा ठूलो चुनौती के हुन सक्ला ?’

‘निर्मला पन्तको हत्यारा सरकारले नै जोगायो, अहिले भारगरथी भट्टको अनुसन्धानमा ढिलाई गरिरहेको छ,’ उनले भने– ‘अब सरकारसँग आशा गर्ने ठाउँ समेत बाँकी छैन ।’ ओली समूहले हिँड्दै, पाइला मेट्दै’ भनेजस्तो प्रवृत्ति देखाएको उनले जिकिर गरे । ‘जुन मतदाताले पत्याएर दुईतिहाइसहित सत्तामा पठाए, तिनैमाथि गम्भीर अन्याय गर्ने ?’ रोष प्रकट गर्दै उनले भने– ‘अहिले सत्ताधारी कुनै पनि नेतामा जनतासामु जाने नैतिक बल बाँकी छैन ।’

यो पनि पढ्नुहोस्–
काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश : व्यस्त दैनिकी, स्वस्थ जीवनशैली

भिडियोमा हेर्नोस् कांग्रेस प्रवक्ताको आक्रोश–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर