newskoseli.Com

पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक : ओलीको ‘मुड’ हेरेर अर्को बैठकमा मात्र अविश्वासको प्रस्ताव, राष्ट्रपतिको पत्र पढ्दै शोक प्रस्तावका साथ स्थगन

नेकपाको बहुमत (प्रचण्ड–माधव नेपाल) पक्ष र नेपाली कांग्रेसबीच प्रधानमन्त्री ओलीका विरूद्ध प्रतिनिधिसभामा अविश्वासको प्रस्ताव प्रस्तुत गरेर पारित गर्ने सहमति जुटेको छ । यद्यपि आइबार बस्ने पहिलो बैठकमा भने उक्त प्रस्ताव अघि नसारिने भएको छ । पहिलो दिन ओलीको ‘मुड’ राजीनामा गर्ने वा नगर्ने कस्तो छ भनेर नियालिने, त्यसपछि अर्को बैठकमा मात्रै अविश्वासको प्रस्ताव प्रस्तुत गर्ने सहमति दुई दलबीच जुटेको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा बैठक आह्वान गर्दै राष्ट्रपतिको कार्यालयले पठाएको पत्र पढेर सुनाउने र दिवंगत सांसद तथा पूर्वसांसदहरूप्रति शोक प्रस्ताव पारित गरेर बैठक स्थगत गर्ने कार्यसूची तय गरिएको छ । यसअघि भने संसद् सचिवालयले यसबीच सरकारले ल्याएको अध्यादेश गृहमन्त्री, कानुनमन्त्रीलगायतले संसदमा पेस गर्ने सम्भावित कार्यसूची तय गरिए पनि सभामुखले राष्ट्रपतिको पत्र पढेर सुनाउने र शोक प्रस्ताव पारित गरेर यो पहिलो बैठक सक्ने तयारी गरेको संसद् सचिवालयले जनाएको छ ।

कार्यव्यवस्था परामर्श समितिको बैठक नबोलाइएको भन्दै कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलका प्रमुख सचेतक नै बोलाउनुपर्ने बाध्यात्मक अवस्था पनि नरहेको संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताएका छन् ।

‘अहिलेलाई अविश्वासको प्रस्ताव नलैजाने र संसदमा प्रधानमन्त्रीको शैली हेरेर मात्र निर्णय गर्ने भन्ने छ,’ कांग्रेस सांसद मीन विश्वकर्माले भने– ‘प्रधानमन्त्री राजीनामाको मुडमा हुनुहुँदो रहेनछ भने मात्रै अर्को दिन अविश्वासको प्रस्ताव लगेर त्यही प्रस्तावमार्फत नयाँ प्रधानमन्त्रीको खोजी गरिनेछ ।’

नेकपाको प्रचण्ड(माधव पक्षले वैकल्पिक प्रधानमन्त्रीको नाम मात्र खालि राखेर अविश्वासको प्रस्ताव तयार पारिवरि हस्ताक्षर संकलन गरिसकेको छ र कांग्रेसले पनि त्यसका निम्ति आवश्यक सबै तयारी गरिसकेको छ । सकेसम्म, प्रधानमन्त्री ओलीलाई ‘इगो’ तथा ‘अपमान’ महसुस नहुने गरी राजीनामा गर्न मौका दिने र त्यसो भए स्वाभाविक विकल्पमा जाने दुई दलको तयारी छ ।

न्युजकोसेलीको भिडियो च्यानल पनि हेर्नोस्–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर