शुक्रबार बसेको एमाले (ओली समूह) को बैठकले उक्त समूहमा आबद्ध विभिन्न नेता–कार्यकर्तालाई जिम्मेवारी बाँडफाँट गरेको छ । पूर्वमाओवादी नेता रामबहादुर थापा ‘बादल’ समूहका नाममा केही पूर्वमाओवादी र अधिकांशतः अन्तिम समयतिर मात्र माओवादीसँग जोडिएका गरी २२ जना एमाले (ओली समूह) को केन्द्रीय सदस्य बनेका छन् ।
एमालेको उपाध्यक्ष बनाइने चर्चा गरिएका बादल स्वयंलाई भने ओली समूहले बागमती प्रदेश इच्नार्जमा सीमित गरिदिएकाे छ । सोही बैठकले एमालेको नवौं महाधिवेशनबाट निर्वाचित अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेलबाहेक सबै पदाधिकारीहरुलाई तततत पदहरुबाट बर्खास्त गरेर केन्द्रीय सदस्यमा सीमित गरिएको समेत ओली समूहकाे दावी छ ।
यी हुन् बादल समूहबाट एमाले (ओली समूह) को केन्द्रीय सदस्य बनेका पूर्वमाओवादीहरु–
१. रामबहादुर थापा
२. टोपबहादुर रायमाझी
३. लेखराज भट्ट
४. मणिचन्द थापा
५. प्रभु साह
६. टंक आङबुहाङ
७. पासाङ शेर्पा
८. ज्वाला साह
९. टेकबहादुर बलम्पाकी
१०. कमल जंग
११. मनोज थापा
१२. विषमलाल अधिकारी
१३. लिलाबहादुर थापा
१४. दधिराम न्यौपाने
१५. दिनेश पन्थी
१६. नवीन रोका
१७. धर्मराज रेग्मी
१८. डम्बर विष्ट
१९. गौरीशंकर चाैधरी
२०. झपट बोहरा
२१. दावा लामा
२२. चन्द्रबहादुर खड्का
२३. कमल चौलागाईं