newskoseli.Com

छाडिसकेकालाई ‘कारबाही’ गर्ने माओवादी केन्द्रको तयारी : बादलसहितका मन्त्रीलाई ‘फिर्ता हुन’ निर्देशन

नेकपा (माओवादी केन्द्र) छाडेर नेकपा (एमाले) भित्रको खड्ग ओली समूहमा लागेर उक्त समूहको केन्द्रीय सदस्य बनिसकेका पूर्वनेताहरूमाथि माओवादी केन्द्रले भने ‘कारबाही’ गर्ने तयारी गरेको छ ।

शनिबार बिहान केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्रको स्थायी कमिटीको बैठकले पहिले माओवादी केन्द्रमा रही अहिले ओली सरकारमा मन्त्री रहेकाहरुलाई सरकारबाट तत्काल फिर्ता हुन निर्देशन दिएको छ । माओवादी केन्द्रको कोटामा मन्त्री बनेका तर पार्टीमा नफर्किएकालाई बैठकले यस्तो निर्देश दिएको जानकारी बैठकपछि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले दिएका हुन् ।

पहिले माओवादी केन्द्रमा रही अहिले मन्त्री बन्नेहरूमा रामबहादुर थापा ‘बादल’, लेखराज भट्ट, प्रभु साह, मणि थापा र दावा लामा छन् । उनीहरु पार्टीमा नफर्की एमालेको ओली समूहमा लागेर उक्त समूहको केन्द्रीय सदस्यसहितका जिम्मेवारी लिइसकेका छन् । तत्कालीन नेकपा विभाजित हुँदा नै ओलीतिर लागेका उनीहरुमध्ये ओलीलाई सहयोग गरेकै कारण मणि थापा, प्रभु साह र दावा लामाले मन्त्री बन्ने मौका पाएका हुन् ।

मन्त्री बनेकाहरूलाई तत्काल राजीनामा दिएर मन्त्रिपरिषद छाड्न र अन्य पार्टीको कमिटीमा नाम आएकाहरुलाई २४ घन्टाभित्र आफ्नो राजनीतिक स्थिति स्पस्ट पार्न स्थायी कमिटीको बैठले उनीहरुलाई निर्देशन दिएको छ । मन्त्री पदबाट राजीनामा नदिएमा र सकारात्मकरुपले पार्टीगत स्थिति स्पष्ट नपारेमा माओवादी केन्द्रले उनीहरुमाथि ‘कारबाही’ गर्ने तयारी गरेको बुझिएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर