
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र केहीअघि मात्र गोपाल किराँती नेतृत्वको नेकपा (माओवादी केन्द्र) सँग अलग्गिएर छुट्टै माओवादी केन्द्र बनाएको दावी गर्दै आएका कर्णजित बुढाथोकीबीच तीनबुँदे सहमति भएको छ ।
हाललाई संयुक्त मोर्चाका आधारमा सहकार्य गर्दै अगाडि बढ्ने र अन्ततः पार्टी एकता गर्ने उद्देश्यका साथ सहकार्य सुरु गरिएको नेकपाका महासचिव विप्लव र बुढाथोकीद्वारा शनिबार हस्ताक्षर गरिएको सहमतिपत्रमा उल्लेख छ ।