newskoseli.Com

एमाले टुक्रिनै लाग्दा वामदेवको ‘एकता अभियान’ ले लियो यस्ता निर्णय (विज्ञप्तिसहित)

प्रधानमन्त्री खड्ग ओलीले चालेको प्रतिनिधिसभा ‘विघटन’ गर्ने असंवैधानिक कदमसँगै विघटित नेकपा विभाजित भएको थियो । त्यसपछि ‘नेकपाको एकता जोगाउने’ भन्दै वामदेव गौतमको संयोजकत्वमा ‘नेपाल कम्युनिस्ट पार्टी एकता अभियान’ गठन भएको थियो । अहिले नेकपा विघटन भइवरी एमाले र माओवादी केन्द्र ब्युँतिएका छन् र त्यसपछि समेत ओलीले फेरि चालेको एकलौटी पार्टी कब्जा गर्ने कदमपछि एमाले समेत दुई टुक्रा बनेर विभाजित भएको छ ।

यो परिस्थितिमा गौतम नेतृत्वको ‘एकता अभियान’ को कार्यसम्पादन समितिको शुक्रबार आकस्मिक बैठक बस्यो । बैठकले ‘एमाले अध्यक्ष ओलीले कम्युनिस्ट आन्दोलनलाई समाप्तिको बाटोमा लगेको’ निष्कर्ष निकालेको छ । उक्त बैठकका निर्णय शनिबार सार्वजनिक गर्दै ‘एमालेको एमालेको नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारीको पद र जिम्मेवारी खोस्ने तथा जथाभावी केन्द्रीय सदस्य थप्ने ओलीको निर्णय’ प्रति अभियानले आपत्ति प्रकट गरेको छ ।

यो पनि पढ्नुहोस्–
ओलीद्वारा एमाले कब्जापछि उपाध्यक्ष वामदेव के भन्छन् ?

यस्तो छ ‘एकता अभियान’ को विज्ञप्ति–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर