newskoseli.Com

पुनरावलोकनको मुद्धा हाल्न अदालत जाँदै प्रचण्ड : यस्तो छ माओवादी केन्द्रको तयारी

नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भई बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाम आफ्नो पार्टीको नामसँग जुधेको भन्दै ऋषिराम कट्टेल नेतृत्वको नेकपाले सर्वोच्च अदालतमा मुद्धा हालेको थियो । उक्त मुद्धाकाे सुनुवाइ गर्दै न्यायाधीशहरू कुमार रेग्मी र बमकुमार श्रेष्ठको इजलासले रिट निवेदकको मागदावी र मुद्धाको सन्दर्भ एवं प्रसंगभन्दा बाहिर गएर नितान्त असान्दर्भिक र हाँसोउठ्दो किसिमले खास राजनीतिक समूहको स्वार्थपूर्ति गरिदिने हिसाबले २३ फागुनमा ‘फैसला’ सुनाएको थियो ।

नेकपाको समग्र एकता प्रक्रिया नै ‘खारेज’ गरी पूर्वतत एमाले र माओवादी केन्द्र ‘ब्युँताउने’ सर्वोच्चको उक्त ‘फैसला’ प्रति असहमति जनाउँदै उक्त मुद्धाको पुनरावलोकनका निम्ति तत्कालीन नेकपाका कार्यकारी अध्यक्ष एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मंगलबार सर्वोच्च अदालत जाने भएका छन् । माओवादी केन्द्र स्रोतले दिएको जानकारीअनुसार अध्यक्ष प्रचण्डका तर्फबाट मंगलबार दिउँसो ११ बजे सर्वोच्च अदालत पुग्ने कार्यसूची छ ।

सर्वोच्चको ‘फैसला’ चित्त बुझाउने किसिमको नभएको निष्कर्षका साथ पुनरावलोकनका लागि सर्वोच्च जाने निर्णय माओवादी केन्द्रले यसअघि नै गरेको थियो । कानुन व्यवसायीहरुसँग पटक–पटक गरेको छलफलमा पनि माओवादी केन्द्रलाई फैसलाको पुनरावलोकनमा जान सुझाव दिएपछि माओवादी केन्द्र पुनरावलोकनमा जाने निष्कर्षमा पुगेको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर