newskoseli.Com

पहिलो पटक चन्द्रमा पुग्ने पाइलट काेलिन्सको निधन

पहिलो अन्तरिक्षयात्री नील आर्मस्ट्रङका सहयात्री समेत रहेका ‘एपोलो– ११’ का पाइलट माइकल कोलिन्सको ९० वर्षको उमेरमा निधन भएको छ । १९६९ मा चन्द्रमामा पहिलो सफल यात्रा गर्ने तीन अन्तरिक्षयात्री नील आर्मस्ट्रङ र बज अल्ड्रिनसँगैका एक सदस्य उनको क्यान्सरका कारण बुधबार उनको निधन भएको कोलिन्सका पारिवारिक सदस्यले जानकारी दिएका छन् ।

कोलिन्सका सहयात्री नील र बज चन्द्रमामा हिँडिरहँदा उनी भने चन्द्रमामा हिँड्न पाएका थिएनन् । नील र अल्ड्रिनले चन्द्रमामा हिँडिरहँदा कोलिन्सले चाहिँ झन्डै २८ घन्टा उनीहरुलाई एक्लै पर्खिरहेका थिए । अन्तरिक्ष यात्राका क्रममा कोलिन्सले ‘कमान्ड मोड्युल पाइलट’ को भूमिका निभाएका थिए । उनलाई पनि चन्द्रमामा हिँड्ने अवसर थियो तर उनी एपोलो– ११ बाट ओर्लिएका थिएनन् ।

१९३० मा रोममा जन्मिएका कोलिन्सका पिता जेम्स एल कोलिन्स अमेरिकी सेनाका मेजर जनरल थिए । अमेरिकी सैन्य शिक्षालयबाट १९५२ मा ग्र्याजुएसन गरेपछि कोलिन्स एयर फोर्समा भर्ना भएका थिए । त्यहाँ उनी लडाकु पाइलट बने । अल्ड्रिनभन्दा एक वर्षपछि उनी ग्र्याजुएट भएका थिए ।

१९६२ मा पृथ्वीको परिक्रमा गर्ने पहिलो अमेरिकी पाइलट बनेपछि उनले नासामा आवेदन दिएका थिए । दोस्रो पटक, १९६३ मा मात्रै छानिएका उनी नासाअन्तर्गत अन्तरिक्षयात्रीहरुको तेस्रो समूहमा क्रियाशील थिए । ९ जनवरी, १९६९ मा नासाले कोलिन्स, आर्मस्ट्रङ र अल्ड्रिनलाई एपोलो– ११ को क्र्यु सदस्यका रुपमा घोषणा गरेको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर